१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Tuesday, 25 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २४ मंगलबार o६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने तीनजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार o६:५९:oo

युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत गालीगलौज र चरित्रहत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२१ का २९ वर्षीय दिपु भनिने  विकास महर्जन र गुल्मीको मदाने गाउँपालिका  ७ का २१ वर्षीय राहुल थापामगर छन् । उनीहरूलाई साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले फरक–फरक ठाउँबाट पक्राउ गरेको हो । 

महर्जनले एक नाबालिकाको फोटोमा अश्लील स्टाटस लेखी सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । बालिकाको जाहेरीपछि प्रहरीले उनालाई पक्राउ गरेको हो । थापाले भने सेलेब नेपाल नामक युट्युब च्यानलबाट भ्रम तथा पीडितको चरित्र हत्या गर्ने उद्देश्यले भिडियो पोस्ट गरेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैविरुद्ध पाँच दिनको म्याद थप भएको ब्युरोले जानकारी दिएको छ । ब्युरोका प्रवक्ता एसएसपी नवीन्द अर्यालले पक्राउ परेकाविरुद्ध थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको बताए । ‘पीडितको जाहेरीपछि दुई अभियुक्त पक्राउ परेका छन् । उनीहरूविरुद्ध थप अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ ।’

त्यस्तै, सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाविरुद्ध पनि ब्युरोले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । वाइबाविरुद्ध अभिनेत्री रेखा थापाको जाहेरी छ । बलात्कार अभियोगमा पक्राउ परेका अभिनेता पाल शाहको विषयलाई लिएर वाइबाले थापाविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गरेकी थिइन् । सोही विषयलाई लिएर थापाकी दिदी तारा थापाले ब्युरो पुगेर वाइबाविरुद्ध जाहेरी दिएकी थिइन् । ब्युरोका प्रवक्ता एसएसपी अर्यालले वाइबाविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढेको बताए ।

ad
ad
ad
ad