मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २३ सोमबार १७:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

'टी प्लस टू'मा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही हुन्छ : बोर्ड अध्यक्ष हमाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २३ सोमबार १७:५४:००

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले टी प्लस टूमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताएका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बोर्ड अध्यक्ष हमालले टी प्लस टूमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई कारबाही गर्ने बताएका हुन्।

उनले ब्रोकरहरूले लगानीकर्तालाई पैसा नदिने र अन्यत्र लगानी गर्ने गरेको पाइएको भन्दै तत्काल कारबाही गर्ने बताएका हुन्। साना लगानीकर्ताको हितमा बोर्डले काम गर्नुपर्ने अबको आवश्यकता रहेको भन्दै उनले साना लगानीकर्ताको हितमा नियमावलीहरू बनाउन जरुरी रहेको बताए। अहिले लगानीकर्तालाई लागत बढी लागिरहेको स्वीकार गर्दै उनले शुल्क घटाउने विषयमा अध्ययन गर्ने बताए। अध्यक्ष हमालले कुनै पनि इन्साइडर ट्रेडिङ गरेको प्रमाणित भए तत्काल कारबाही गर्नेसमेत बताए।

लगानीकर्ताको हितको लागि धितोपत्र बोर्डले अहिले साना लगानीकर्तालाई कसरी प्रयोग गर्ने, कुनै पनि बजारको मुद्दामा वा बजारको नियमावलीमा होस्, प्रोभिजनलगायत सबै कुराको केन्द्रित साना लगानीकर्ताहरूलाई अप्ठ्यारो पर्ने काम नहोस्। प्लस टू को सेटलमेन्टको कुरा होस्, त्यो तुरुन्त होस्।  टी प्लस टूको सेटलमेन्ट नभए हामी ब्रोकरलाई तुरुन्त कारबाही गछौँ। लगानीकर्ताको पैसा ब्रोकरका साथीहरू कसैले जानेर वा नजानेर टी प्लस टू सेटलमेन्ट नगर्ने, अन्य क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई एक महिनापछि मात्रै पैसा दिने काम भएको छ भने धितोपत्र बोर्डले उचित कारबाही गर्छ,’ अध्यक्ष हमालले भने।