मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २३ सोमबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २३ सोमबार १२:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितपुरमा दुईदिने शिशुसहित एकै घरका पाँचजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २३ सोमबार १२:३९:oo

ललितपुरमा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ। ललितपुर प्रहरीका अनुसार कोन्जेसोम गाउँपालिका– ४ नल्लुकीमा एकै घरमा चारजना मृत फेला परेका छन् भने एक शिशुको उपचारको क्रममा मृत्यु भएको छ। चारजनाको घटनास्थलमा नै र एक शिशुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  

मृत फेला पर्नेमा घरमूली ५५ वर्षीया काइँली स्याङ्ताङ, २२ वर्षीया बुहारी सुष्मा स्याङ्ताङ, नाै वर्षीय नाति आशिष स्याङ्ताङ र पाँच वर्षीया नातिनी आश्मा स्याङ्ताङ रहेका छन्। दुईदिने शिशुको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष तीर्थ घलानले काइँली स्याङ्तानको घरमा केही व्यक्ति मृत र केही घाइते भेटिएको प्रहरीलाई जानकारी दिएका थिए। घटनाको जानकारी पाएपछि महानगरीय प्रहरी परिसर ललितपुरको टोली घटनास्थलमा पुगेको छ।
घटनास्थलमा छोरा २३ वर्षीय सुवास स्याङ्ताङ र दुईदिने नाति अचेत अवस्थामा फेला परेका थिए। घटनास्थलमा आगो बालेको कोइला र केही बान्ता भएको पनि देखिएको प्रहरीले बताएको छ।