मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २२ आइतबार
  • Thursday, 19 December, 2024
२o७८ फाल्गुण २२ आइतबार १७:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसका भ्रातृ संगठनको विधान टुंगियो : समयावधि, प्रतिनिधि र महाधिवेशन प्रक्रिया एकै हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २२ आइतबार १७:५६:oo

नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको विधानको टुंगो लगाएको छ। कांग्रेसले नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल किसान संघ र नेपाल प्रजातन्त्र सेनानी संघ तथा शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको प्रस्तावित विधान टुंगो लगाएको हो।

कांग्रेस सचिव केशव रिजालका अनुसार माघ २७ देखि फागुन ३ सम्म बसेको कार्यसम्पादन समितिको सुझावसमेत समेटेर केन्द्रीय कार्यालयले विधानलाई अन्तिम रूप दिएको हो। सचिव रिजालले सबै विधानको टुंगो लागेको र सम्बन्धित भ्रातृ तथा शुभेच्छुक संस्थालाई विधान हस्तान्तरण गर्ने क्रममा रहेको नयाँ पत्रिकालाई जानकारी दिए। ‘सबै विधानको टुंगो लागिसकेको छ,’ उनले भने, ‘अहिलेसम्म दलित संघको विधान बुझाइसकेका छौँ। बाँकीको पनि बुझाउने क्रममा छौँ।’

१३औँ कार्यसमितिले एनपी साउदको नेतृत्वमा बनेको भ्रातृ एवं शुभेच्छुक संस्था विधानको मापदण्ड निर्धारण तथा एकरूपता समितिले पेस गरेको प्रतिवेदन अध्ययन गरी आगामी बैठकमा पेस गर्ने निर्णय गरेको थियो। रिजालका अनुसार केन्द्रीय कार्यालयले पार्टी पदाधिकारीको उपस्थितिमा विधान टुंगो लगाएको हो।

समयावधि तीन वर्ष, प्रतिनिधि र महाधिवेशन प्रक्रिया समान
पार्टी उपसभापति धनराज गुरुङका अनुसार विधान अध्ययन गरी एकरूपता दिएर पारित गरिएको जानकारी दिए। सचिव रिजालले सबै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशनको समयावधि तीन वर्ष राखिएको जानकारी दिए। ‘सबै संगठनका विधानलाई एकरूपता दिँदै विधान पारित गरिएको हो। सबै संथाको समयावधि तीन वर्ष राखिएको छ,’ उनले भने, ‘महाधिवेशन प्रक्रिया एकै हुने र प्रतिनिधित्व समान हुने गरी अन्तिम रूप दिइएको हो।’

कांग्रेसले नयाँ विधानअनुसार भ्रातृ संस्थाको अधिवेशन प्रक्रिया सुरु गर्दै छ। त्यस्तै फागुन मसान्तभित्र निष्क्रिय अवस्थामा रहेका भ्रातृ संस्थाका तदर्थ समिति निर्माण गर्दै छ। कांग्रेसले तीनै तहको निर्वाचन भएको तीन महिनाभित्र १० भ्रातृ संस्थाको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ। दलित संघको महाधिवेशन भने प्रक्रियामा रहेको छ।