मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २२ आइतबार
  • Tuesday, 17 December, 2024
२o७८ फाल्गुण २२ आइतबार १५:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चार घन्टापछि आगलागी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २२ आइतबार १५:३७:oo

तनहुँको व्यास नगरपालिका– ४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घन्टापछि नियन्त्रणमा आएको छ। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घन्टाको प्रयासपछि नियन्त्रणमा आएको हो।     
     
 आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीको यकिन क्षति प्राप्त नभइसकेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए। ‘हामी क्षतिको विवरण संकलन गर्दै छौँ, पछि यसबारेमा जानकारी गराउँछौँ,’ खड्काले भने।     
     
 आगलागीबाट चार–पाँच घरमा क्षति पुगेको छ। व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफैँ चढेर आएको हेलिकाेप्टरले आगो निभाउन सहयोग पुगेको थियो। साँघुरो ठाउँ भएकाले दमकल छिराउन समस्या भएको थियो। पछि भूपाल हार्डवेयरसँगै रहेको टहरा डोजरले भत्काएर दमकल छिराइएको थियो।     
     
 सिम्रिक एयरको हेलिकाेप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पुर्‍याएको थियो। हेलिकाेप्टरकै कारण आगलागी छिटो नियन्त्रणमा लिन सकिएको बताइएको छ। आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण (इ), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका थिए। रासस