१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २२ आइतबार
  • Sunday, 29 September, 2024
सौरभ यादव राजविराज
२o७८ फाल्गुण २२ आइतबार १२:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

राजविराज भन्सारबाट चिनी र तेल आयात गर्न रोक

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७८ फाल्गुण २२ आइतबार १२:२४:oo

सप्तरीको राजविराज भन्सार कार्यालयले भारतबाट तेल र चिनी आयात गर्न रोक लगाएको छ। कार्यालयले सूचना जारी गर्दै शुक्रबारदेखि तेल र चिनी आयातमा रोक लगाएको हो।

कार्यालयले एक सय रुपैयाँभन्दा बढीको मालवस्तु आयातमा पनि भन्सार महसुल अनिवार्य गरेको छ। भन्सार ऐन र नियमावली, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार एक सय रुपैयाँभन्दा बढी मूल्यको मालवस्तु खरिद गरेर ल्याउँदा भन्सार महसुल अनिर्वाय गरिएको जनाएको छ।

त्यस्तै, खाद्यान्न सामग्री, लत्ताकपडा, भाँडाकुँडाको हकमा पनि भन्सार महसुल अनिवार्य तिर्न भनिएको छ भने भन्सार महसुल नतिरी सामान आयात गर्दा सामान जफत हुनुका साथै नियमानुसार कानुनी कारबाहीसमेत हुने सूचनामा उल्लेख छ।

राजविराज भन्सार प्रमुख दीपेन्द्रकुमार झाले कानुनअनुसार नै तेल र चिनी आयातमा रोक लगाइएको बताए। ‘चिनीको हकमा राज्यले निश्चित भन्सारबाट कोटाअनुसार आयात गर्दै आएको छ, सोहीअनुसार नै यहाँबाट चिनी आयात गर्न नपाउने हो,’ उनले  भने, ‘तेलको हकको आयात गर्दा गुणस्तरको प्रमाणपत्र लिनुपर्ने हुन्छ। त्यो प्रविधि यहाँ छैन। तेल खाएर कसैलाई समस्या भयो भने त्यो पनि समस्याकै विषय भएकाले त्यस्तो गर्नुपरेको छ।’

उद्योग वाणिज्य मन्त्रालयले यहाँका व्यापार–व्यवसायमा समस्या भएको बताएपछि सुरक्षा निकायसमेतको समन्वयमा ती कार्यहरू कार्यान्वयनतर्फ अगाडि बढाइएको झाले जानकारी दिएका छन्।