Skip This
१८ खेलाडी सर्वाधिक मूल्यमा बिक्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २१ शनिबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २१ शनिबार o९:२७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१८ खेलाडी सर्वाधिक मूल्यमा बिक्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २१ शनिबार o९:२७:oo

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा १८ जना खेलाडी सर्वाधिक मूल्य तीन लाख ५० हजार रुपैयाँमा बिक्री भएका छन् । नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एनएसएलका लागि शुक्रबार खेलाडी किनबेच (अक्सन) भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्धारण गरेको तीन क्याटागोरीमा दुई सय ४९ जना खेलाडी अक्सनमा समावेश भएका थिए । जसमध्ये ए क्याटागोरीमा ४९ जना खेलाडी थिए । यसै ४९ मध्ये नै १८ जना खेलाडी अधितम मूल्य तीन लाख ५० हजार रुपैयाँमा बिक्री भएका हुन् ।

१० जना गोल्डेन बजरमार्फत १० क्लबमा अनुबन्धित भएका छन् । आठ खेलाडीमध्ये सातजनालाई एकभन्दा बढी क्लबले अधिकतम मूल्यको बोली लगाएका थिए । त्यसपछि गोलाप्रथा भएको थियो । यस समूहको सुरुवाती मूल्य नै एक लाख ५० हजार रुपैयाँ थियो ।  एन्फाले उपलब्ध गराएको सूचीअनुसार बी र सी क्याटागोरीमा समान सय खेलाडी थिए । 

अक्सनमा ९९ जना खेलाडी विकेनन् । यसैगरी त्रिभुवन आर्मी क्लबका जर्ज प्रिन्स कार्कीले यसपटक पनि एफसी चितवनबाटै खेल्ने भएका छन् । उनलाई चितवनले न्यूनतम रकम एक लाख ५० हजार रुपैयाँमा किनेको हो । यसैगरी, राष्ट्रिय टोली तथा न्युरोड टिम (एनआरटी)का मिडफिल्डर एरिक विष्टले पोखरा थन्डर्सबाट खेल्नेछन् । उनी अधिकतम मूल्यमा गोलाप्रथाबाट पोखरा थन्डर्समा पुगेका हुन् । सुरुमा उनलाई पाँच टोलीले इच्छा देखाए । पछि गोलाप्रथाबाट निर्णय भयो । 

यसैगरी, राष्ट्रिय टोली तथा मनाङ मस्र्याङ्दी क्लबका मिडफिल्डर पुजन उपरकोटी धनगढी एफसीमै आबद्ध भए । उनलाई गोल्डेन बजरमा पोखराले भित्र्याएको हो । यता एनआरटीका कप्तान दर्शन गुरुङ अधिकतम मूल्यमा बुटवल लुम्बिनी एफसीमा पुगेका छन् । २६ चैतदेखि सुरु हुने एनएसएलमा तीन नयाँ टोली थपेपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । 

एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलाम डी मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।