मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २० शुक्रबार
  • Thursday, 19 December, 2024
२o७८ फाल्गुण २० शुक्रबार १९:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय निर्वाचन तोकिएको समयमा हुन्छ : गृहमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २० शुक्रबार १९:४६:oo

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने बताएका छन्। भैरहवास्थित पक्लिहवा माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव समारोह तथा भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री खाणले स्थानीय निर्वाचनका लागि सरकारले मिति घोषणा गरिसकेकोले तोकिएको समयमा नै निर्वाचन हुने बताए । 

अब मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्किन नसक्नेसमेत बताए । सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने दाबी गरे । संविधानमा केही कमीकमजोरी भए त्यसलाई सुधार्न र परिष्कृत गर्न सकिने बताउँदै संघीयताबाट पछि हट्न भने नसक्ने प्रस्ट पारे । 

मन्त्री खाणले राष्ट्रिय राजनीतिको मूलधारमा नआएका दलहरूलाई पनि मूलधारमा आउन आग्रह गरे । उनले हिंसा फैलाउने गतिविधि नगर्न सबैलाई आग्रहसमेत गरे । उनले एमसिसी पारित गर्ने क्रममा सहयोग पुर्‍याउने  सबै धन्यवादको पात्र भएको बताए ।