१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ फाल्गुण १९ बिहीबार १९:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस कैलालीको सभापतिमा भट्ट निर्वाचित

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण १९ बिहीबार १९:३५:००

प्रमुख सत्तारुढ दल कांग्रेसको कैलाली जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन् । दोस्रो चरणमा भएको निर्वाचनमा प्रतिस्पर्धी प्रकाशबहादुर बमलाई दुई सय ६३ मतान्तरले हराउँदै भट्ट सभापतिमा विजयी भएका हुन् । भट्टले एक हजार ३५९ मत पाएका छन् । पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी एक हजार १६७ मत ल्याएका बमले दोस्रो चरणमा एक हजार ९६ मत मात्र प्राप्त गरे । 

सभापतिमा निर्वाचित भट्ट जनआन्दोलनका घाइते हुन् । सभापतिका तीनजना उम्मेदवारमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि बिहीबार दोस्रो चरणको निर्वाचन भएको हो । पहिलो चरणमा बढी मत ल्याएका भट्ट र बम दुवैजना संस्थापन पक्षका हुन् । पहिलो चरणबाट बाहिरिएका शेखर कोइराला पक्षका उम्मेदवार रामबहादुर कलेलको प्यानलले दोस्रो चरणमा बमलाई सघाएको थियो । तर पार्टीको केन्द्रीय नेतृत्व भट्टको पक्षमा खुलेर लागेपछि मतपरिणाम उल्टिएको हो।

पार्टी केन्द्रको निर्देशनअनुसार कैलालीबाट प्रतिनिधित्व गर्ने ६ जना केन्द्रीय सदस्यलगायत नेताहरू भट्टको पक्षमा उभिएका थिए । निर्वाचनमा संस्थापन पक्षकै दुई खेमाबीच तीव्र ध्रुवीकरण देखिएको थियो । सुदूरपश्चिमको प्रदेश राजधानी र प्रदेशमै सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला भएकाले पनि जिल्ला निर्वाचनमा केन्द्रले प्रत्यक्ष हस्तक्षेप गरेको कांग्रेसका एक नेताले बताए । गत निर्वाचनमा नेतृ आरजु राणा कैलाली क्षेत्र नम्बर ५ बाट पराजित भएकी थिइन् । 

दुवै उम्मेदवार संस्थापन पक्षकै भए पनि निर्वाचनमा केन्द्रले डर, त्रास र प्रलोभन देखाएर भट्टको पक्षमा मतदाता प्रभावित गरिरहेको भन्दै बम पक्षमा लागेका नेताहरूले सार्वजनिक रूपमै चर्को असन्तुष्टि व्यक्त गरेका थिए । केन्द्रको चर्को हस्तक्षपलाई लक्षित गर्दै बमले आफूले कुनै शत्रुसँग युद्ध लडिरहेको अनुभूति गरिरहेको निर्वाचनअघि बताएका थिए । दोस्रो चरणमा भएको निर्वाचनमा दुई हजार पाँच सय ७२ मतदातामध्ये दुई हजार ४६७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।