
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका नेता भीम रावलबीच भेटवार्ता भएको छ। रावलनिवासमा भएको भेटमा दुई नेताबीच एमसिसीको विषयमा छलफल भएको थियो।
भेटमा नेकपाका नेता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए।
भेटमा विप्लवले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिएको रावलले बताए। देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने जवाफ रावलले दिएका थिए।
‘उहाँहरूले राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो। देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो,’ रावलले ट्विट गर्दै भनेका छन्।
विप्लवले एमसिसीविरुद्धको आन्दोलनमा राष्ट्रवादी क्रान्तिकारीहरू एक भएर लड्ने र आन्दोलनको बलमा खारेजको स्तरमा पुर्याउनुपर्ने बताएका थिए।