मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १८ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका सुदूरपश्चिम
२o७८ फाल्गुण १८ बुधबार १९:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखरा–धनगढी हवाई सेवा सुरु    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सुदूरपश्चिम
नयाँ पत्रिका
२o७८ फाल्गुण १८ बुधबार १९:o५:oo

निजी क्षेत्रको बुद्ध एयरलाइन्सले आजदेखि पोखरा–धनगढी–पोखरासम्म सीधै हवाई सेवा सुरु गरेको छ। धनगढी विमानस्थलमा नेपाल एसाेसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट (नाटा) सुदूरपश्चिमका पदाधिकारीले पोखराबाट धनगढीका लागि उडान भरेको पहिलो बुद्ध एयरका १८ यात्रुलाई स्वागत गर्नुका साथै धनगढीबाट पोखरा जाने यात्रुलाई बिदाइ गरे।     
     
पोखरादेखि धनगढीसम्मको सिधा हवाई सेवा सुरु भएसँगै सुदूरपश्चिमका बासिन्दाले काठमाडौं हुँदै पोखरा जानुपर्ने बाध्यता हटी समय र पैसाको समेत बचत हुने देखिएको धनगढीस्थित बुद्ध एयर स्टेसनका प्रमुख बुधराम माझीले बताए।     
     
 ‘पोखरा–धनगढी–पोखरासम्म आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने गरी हवाई सेवा दिन सुरु गरेका छौँ,’ माझीले भने, ‘यसले पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास गरेका छौँ। ‘पर्यटन व्यवसायी मायाप्रकाश भट्टले पोखरा धनगढीसम्म हवाई सेवा सुरु भएसँगै सुदूरपश्चिममा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने अपेक्षा गरिएको बताए।     
     
 नाटा सुदूरपश्चिमका महासचिव पदमविक्रम सिंहले मुक्तिनाथ र पोखरा भ्रमण गर्न चाहने भारतीयका साथै आन्तरिक पर्यटकलाई समेत लक्षित गरी पोखरा–धनगढीको सिधा हवाई सेवा सञ्चालन गर्न बुद्ध एयर सहमत भएको बताए। 

‘अहिलेसम्म हामी पर्यटकका लागि काठमाडौंको मात्र प्याकेज बनाउन पाउँथ्यौँ, सिधा हवाई सेवा सुरु हुँदा अब पर्यटकका लागि पोखराको पनि प्याकेज बनाउन पाउने भयौँ,’ उनले भने, ‘यसले आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुग्नेछ।‘     
     
नाटा सुदूरपश्चिमले विगत केही वर्षदेखि नै पोखरा–धनगढीको सिधा हवाई सेवा सुरु गर्न विमान कम्पनीसँग आग्रह गर्दै आएको थियो। रासस