मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ फाल्गुण १७ मंगलबार १८:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धरानमा फेरि महिलाको शव भेटियो 

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण १७ मंगलबार १८:०४:००

धरान–१८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटेल एन्ड गेस्ट हाउसको कोठामा एक महिलाको शव भेटिएको छ। होटेलको कोठा नं. १०९ सफा गर्ने क्रममा शव देखेपछि होटेलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।

मृतक महिला इटहरी–५ मा डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङ रहेको प्रहरीले जनाएको छ। शवको साथमा नागरिकता भेटिएपछि ठेगाना पहिचान भएको हो। प्रहरीका अनुसार मृतकको शरीरमा चोट लागेको छ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार मृतकको एक छोरा र एक छोरी छन्। दुई दिनअघिदेखि उनीसँग एक पुरुष रहेको पत्ता लागेकाले अनुसन्धानका लागि खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतकको झोलामा भेटिएको अन्य कागजपत्रको आधारमा प्रहरीले परिवारलाई सम्पर्क गरी थप अनुसन्धान अघि बढाएको छ।