१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १६ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १६ सोमबार १९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

छिमेकीसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १६ सोमबार १९:o६:oo

सरकारले छिमेकीसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्मअनुरूप छिमेकी मित्र राष्ट्रहरू भारत, चीनसहित अन्य कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको हो । 

बैठकले एमसिसीलाई  प्रतिनिधिसभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने गठबन्धनमा आवद्ध राजनीतिक दलहरू, प्रमुख प्रतिपक्ष दललगायतका अन्य राजनीतिक दलहरू, सभामुख र सांसदहरूलाई धन्यवाद दिएको छ । 

यस्तै, एमसिसी अनुमोदनको क्रममा प्राप्त सहयोग र सद्भावप्रति सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ,  नागरिक समाज, सञ्चार जगत, बुद्धिजीवी, उद्योगी व्यवसायी सबैमा सरकारले धन्यवाद दिएको छ । 

नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउने मित्र राष्ट्रहरू, दातृ निकाय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरूप्रति सरकारले आभार व्यक्त गरेको छ । 

ad
ad
ad
ad