मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १६ सोमबार १७:२०:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ देखि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १६ सोमबार १७:२०:००

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ। यस वर्ष राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष भने कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट गरिएको थियो। यस महोत्सवमा ३८ देशका ८९ चलचित्रहरूबीच प्रतिस्पर्धा हुनेछ। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको ७ वटा विधिको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ। कार्यक्रममा बोल्दै अभिनेता नीर शाहले पहिलो संस्करणभन्दा यता परिष्कृत भएर आइरहेको बताए। उनले यस महोत्सवले नेपाली चलचित्रको क्षेत्रलाई थप शिक्षित बनाएको पनि बताए।

‘यो निफलाई मैले पहिलो संस्करणको वेलादेखि नै नियालेर आइरहेको छु। पहिलो संस्करणमा यसले असाध्यै धेरै संघर्ष गर्नुपरेको थियो। तर दोस्रो संस्करणमा आइपुग्दा यसले आफूलाई अझ बढी परिष्कृत फर्म्याटमा प्रस्तुत गर्न सफल भयो। यसले हामीलाई धेरै शिक्षित र दीक्षित बनाएको छ। यो अभियानलाई अझै बढी अघि बढाएर लैजानुपर्छ,’ शाहले भने।

यसपटक चलचित्र हलमा भौतिक रूपमा प्रदर्शन हुने र अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ। यो महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त फिल्म उत्सव हुने आयोजकको विश्वास छ। महोत्सवमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरूको सहभागितामा विविध विधामा कार्यशाला, अन्तर्क्रिया र छलफलका कार्यक्रम पनि आयोजना गरिनेछ।