मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १६ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १६ सोमबार o७:४७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

झिनो अंकले घट्यो नेप्से

एमसिसीका कारण लगानीकर्ताको आकर्षण जलविद्युत् समूहतर्फ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १६ सोमबार o७:४७:oo

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । झिनो अंकले घटेको नेप्सेमा लगानीकर्ताको आकर्षण भने जलविद्युत् समूहमा देखिएको छ । पछिल्लो समय अमेरिकन सहायता परियोजना (एमसिसी)लाई लिएर लगानीकर्ता जलविद्युत् समूहतर्फ लगानी बढाइरहेका छन् । आइतबार सत्ता गठबन्धन दलहरू एमसिसी पास गर्न सहमत भएसँगै बजार हरियो बन्ने प्रयासका बीच लगानीकर्ताले ‘पर्ख र हेर’को नीति अपनाइरहँदा बजार झिनो अंकले घट्न पुगेको हो । अहिले लगानीकर्ता एमसिसीको पक्षमा रहेको हुँदा एमसिसी पास हुने–नहुने अनिश्चितताका बीच लगानीकर्ताको मनोवैज्ञानिक कारणले बजारमा सामान्य गिरावट आएको लगानीकर्ता बताउँछन् । 

नेप्से सूचक सात दशमलव ७३ अंकले घटेर दुई हजार ६ सय ५३ दशमलव ७० बिन्दुमा आइपुगेको छ । कारोबारमा आएका १३ वटा समूहका सूचकमध्ये ‘अन्य’समूहको र जलविद्युत् समूहको सूचक बढेको छ । जलविद्युत् समूहको १ प्रतिशतले बढेको छ । उत्पादनमूलक समूह, माइक्रो फाइनान्स, जीवन बिमा, वाणिज्य बैंक समूह सबैभन्दा धेरै घट्न पुगेको छ । नेसनल हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनीको २ प्रतिशतदेखि ४ प्रतिशतले सबैभन्दा धेरै बढेको छ । नेसनल हाइड्रोपावर कम्पनीको साधारणसभा हुन बाँकी रहेको र कम्पनीले प्रस्ताव गरेको बोनस सेयर प्राप्त गर्ने आसले पनि लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । सेयर मूल्य बढेसँगै युनिभर्सल पावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर कम्पनीको १० करोड १९ लाख रुपैयाँदेखि २० करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । 

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २४ कम्पनीको ७० लाख कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब २७ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ । ७० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय १७ कम्पनीको सेयर मूल्य घटेको छ । घट्नेमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, तेह्रथुम पावर कम्पनी, सामलिङ पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, शिवम् सिमेन्टको सेयर मूल्य ३ प्रतिशतदेखि ४ प्रतिशतसम्मले घटेको छ । ‘क’ वर्गको कारोबारमापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७३ अंकले घटेर पाँच सय ६ दशमलव ८४ बिन्दुमा आइपुगेको छ ।