नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमसिसीले घातक परिणाम ल्याउन सक्ने धारणा राखेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले अमेरिकी अधिकारीहरूले एमसिसी परियोजना सैन्य रणनीति हो भनेर भनेको बताउँदै एमसिसीले घातक परिणाम आउनेतर्फ सचेत बन्न सांसद चौधरीले आग्रहसमेत गरे ।
‘यो केवल सहयोग मात्र नभई सैन्य रणनीति हो भनेर अमेरिकी अधिकारीहरूले भनेका छन्। नेपालमा शक्तिराष्ट्रको स्वार्थ पूरा गर्न हामीले भूमि प्रयोग गर्न दिनुहुँदैन। त्यसपछि पनि हामी असंलग्न राष्ट्र रहिरहन सक्छौँ ? हामीलाई अहिले सामान्य लाग्ला,’ चौधरीले भने, ‘तर, यसले घातक परिणाम आउनेतर्फ सचेत बनौँ। एमसिसी नेपालको जमिन, सडक र जलविद्युतसँत सम्बन्धित छ। जुन संविधानको धारा २७९ विपरीत हुन जान्छ ।’