मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ११ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण ११ बुधबार १७:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुस–युक्रेन युद्ध रोक्न माग गर्दै रुसी राजदूतावासअगाडि प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण ११ बुधबार १७:५३:oo

रुस र युक्रेनबीच भइरहेको तनावलाई रोक्न माग गर्दै मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । बुधबार मानवअधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवर्धन गर्न माग गर्दै नेपालस्थित रुसी राजदूतावासअगाडि प्रदर्शन गरेको हो । 

प्रदर्शनमा सहभागी मानवअधिकार कर्मीहरूले ‘युक्रेनमाथि अतिक्रमण बन्द गर,’ ‘तत्काल सैनिक फिर्ता गर,’ ‘शान्ति प्रवर्धनमा जोड दिऔँ, युद्ध रोकौँ’लगायतका नारा लगाएका थिए । प्रदर्शनपछि मानवअधिकार तथा शान्ति समाजको तर्फबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र राजदूतावासका अधिकारीहरूलाई बुझाइएको थियो  । 

पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै त्यसको विश्वव्यापी विरोध भइरहेको छ । अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरूले रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता बोलाएका छन् । बुधबार नै नेपालले पनि युक्रेनमा रहेका नेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेको छ । 

विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका लुहान्स्क र दोनेत्स्क क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकासहितका पश्चिमा देशहरूले रुसको भूमिकाप्रति आपत्ति जनाउँदै आएका छन् ।