मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १० मंगलबार
  • Thursday, 19 December, 2024
२o७८ फाल्गुण १० मंगलबार १६:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धरानमा झोलामा भेटिएको शवको पहिचान खुल्यो, कान्छी श्रीमती र उनका प्रेमी पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १० मंगलबार १६:४६:oo

कोसी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डमा पर्ने धरान– ४ स्थित आँपगाछी क्षेत्रको जंगलमा भेटिएको शव दिनेश सिग्देलको भएको खुलेको छ। सिग्देलको हत्या आरोपमा उनकी कान्छी श्रीमती र उनका प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ।

इलामको चुलाचुली गाउँपालिका बाँझो– ५ घर भएका उनको मोरङको पीपलबोट भन्ने स्थानमा पुस २२ गते हत्या भएको उनकी जेठी श्रीमती निर्मला सिग्देलले जानकारी दिइन्। झापाको दमक– ५ बाट राहदानी लिएको र चुलाचुली बाँझोबाट लिएकाे  नागरिकताअनुसार उनको नाम दिनेश सिग्देल खुलेको प्रहरीले जनाएको छ। 

यसरी भएको थियो हत्या
जेठी श्रीमती निर्मलाका अनुसार दिनेश बहराइन गएका थिए। १० वर्षअघि कान्छी श्रीमती अनितासँग विवाह गरेका थिए। दोस्राे विवाहपछि तराई झरेर बस्दै आएका दिनेश र जेठ श्रीमतीबीच त्यति आउजाउ थिएन। पछिल्लो समय पुस २० गते जनवरी ४ तारिकमा उनी नेपाल आएको घटना पछि थाहा पाएको निर्मलाले बताइन्।  

विदेशबाट आउने क्रममा उनलाई लिन कान्छी श्रीमती अनिता काठमाडौं पुगेकी थिइन्। दिनेश नेपाल आउने कुरा भएपछि अनिता र उनका प्रेमी मिलेर हत्या गर्ने योजना बनाएको अनुसन्धानले देखाएको छ।  पुस २० गते काठमाडौं आएका उनी पुस २२ गते घर अनितासँगै आएका थिए। उनी आएको छिमेकी तथा परिवारमा कतै थाहा दिइएको थिएन। घर आएको दिन २२ गते राति बेहोस पार्ने औषधि खुवाएर बेहोस बनाई घाँटी थिचेर मारेको पाइएको जेठी श्रीमती निर्मलाले बताइन्। हत्या गरि सकेपछि मेसिन प्रयोग गरी टुक्राटुक्रा पारी झोलामा हालेर धरानमा लगेर फालेको पाइएको उनले बताइन्। ‘नेपाल आउने भएपछि हत्या गर्ने योजना बनाएर हत्या गरेको रहेछ। हामीसँग त्यति आउजाउ थिएन। नेपाल आएको र हराएकोसमेत थाहा पाइएन,’ निर्मलाले भनिन्, ‘हामीलाई त विदेशमा नै श्रीमान् हुनुहुन्छ भन्ने लागेको थियो। सबै कुरा अहिले आएर थाहा पाइयो। चुलाचुली– ५ का वडाध्यक्ष चन्द्र थापा र निर्मलालाई प्रहरीले मंगलबार धरान बोलाएर घटनाबारे जानकारी गराएको थियो।

कान्छी श्रीमती र प्रेमी पक्राउ 
शव पहिचानपछि हत्यामा संलग्न भएको आरोपमा कान्छी श्रीमती र उनका प्रेमी भनिएका एक पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको छ। अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले नाम भने सार्वजनिक गरेको छैन। आजै साँझसम्ममा पत्रकार सम्मेलन गरेर घटनाबारे सार्वजनिक गर्ने इलाका प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए। 
 
गएको बुधबार र बिहीबार धरान– ४ को आँपगाछी क्षेत्र जंगलमा  दुईवटा जेब्रा झोलामा पुरुषको शरीरको विभिन्न भागहरू काटेर फालेको अवस्थामा भेटिएको थियो। शव पहिचानका लागि प्रहरीले स्केच तस्बिर सार्वजनिक गरेको थियो। दिनेशको नागरिकता इलाम र राहदानी झापाबाट निकालिएको पाइएको छ।  झापाको दमक– ५ ठेगाना खुलेको छ भने इलामको चुलाचुली– ५ बाँझो रहेको वडाध्यक्ष थापाले बताए।