Skip This
स्यालको टोकाइबाट सर्लाहीमा १२ जना घाइते
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ फाल्गुण १० मंगलबार
  • Monday, 15 September, 2025
२o७८ फाल्गुण १० मंगलबार १२:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्यालको टोकाइबाट सर्लाहीमा १२ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १० मंगलबार १२:४९:oo

सर्लाहीको विष्णु गाउँपालिकाका विभिन्न स्थानमा स्यालको टोकाइबाट १२ जना घाइते भएका छन्।  मंगलबार बिहान जंगलबाट बस्तीमा प्रवेश गरी स्यालले स्थानीयवासीलाई टोकेको हो।

स्यालको टोकाइबाट घाइते भएका सबैको प्रादेशिक अस्पाताल मलंगवामा सामान्य उपचार गरिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये नाैजनालाई काठमाडौंको टेकु अस्पतालमा पठाइएको छ भने तीनजनाको मलंगवा अस्पतालमै उपचार भइरहेको छ। स्यालको टोकाइबाट गहिरो घाउ लागेकाले घाइतेहरूलाई काठमाडौं पठाइएकोे प्रादेशिक अस्पताल मलंगवाका डा. गौतम झाले जानकारी दिए। 

स्यालले टोक्दा लगाउने ‘इम्युनोग्लोमिन भ्याक्सिन’ काठमाडौंमा मात्र पाइने भएकाले घाइतेलाई काठमाडौं पठाउनुपरेको उनले बताए। भारतीय सीमावर्ती यस गाउँपालिकामा आज बिहान अचानक स्याल गाउँ पसेर जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतंकित बनेका छन्।

स्यालको टोकाइबाट विष्णु– ४ मधुवन गोठका ६५ वर्षीय बिलट चौधरी, ७२ वर्षीय शंकर चौधरी, ५४ वर्षीय भाग्यनारायण राय, २५ वर्षीय प्रमेश चौधरी, २८ वर्षीया रञ्जनाकुमारी साह, उनका पाँच वर्षीय  छोरा अनमोल साह घाइते भएका छन्। त्यस्तै विष्णु– २ बारा उद्योरणका ३५ वर्षीय रामबाबु राय, ५८ वर्षीय रामानन्दप्रसाद यादव, ५० वर्षीय झरिलाल ठाकुर, ६० वर्षीय महेन्द्र बैठा, ६ वर्षीय सुभाष बैठा र ७० वर्षीय सम्झनादेवी झालगायत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

कतिपय घाइतेहरू अझै अस्पतालमा आइनपुगेको प्रहरीको भनाइ छ। स्यालले पशु चौपायालाई समेत टोकेर घाइते बनाएको स्थानीयवासीले जनाएका छन्। रासस