१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १० मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १० मंगलबार १o:o३:oo
Read Time : < 1 मिनेट
समाचार

बैंकिङ कसुरमा ग्रिनलाइन स्टोरका  सञ्चालक अग्रवाल पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १० मंगलबार १o:o३:oo

बैंकिङ कसुरमा ग्रिनलाइन स्टोरका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । चेक बाउन्स भएको भन्दै सञ्जय अधिकारी र टंकशमशेर जबराले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार पक्राउ गरेको हो । 

कारोबारका क्रममा काटिएको दुईवटा चेक बाउन्स भएपछि अग्रवालविरुद्ध बैंकिङ कसुरअन्तर्गत जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले अग्रवालले काटेको ५० लाख र एक करोड ५० लाख रुपैयाँ उल्लेख भएको दुईवटा चेक बाउन्स भएको बताए । 

‘व्यवसायी अमित अग्रवाल पक्राउ परेका छन् । बैंकिङ कसुरअन्तर्गतको मुद्दामा जाहेरी परेकाले उनलाई पक्राउ गरिएको हो । उनले काटेको एक करोड ५० लाख र अर्को ५० लाख रुपैयाँ उल्लेख दुईवटा चेक बाउन्स भएको देखिन्छ,’ उनले भने ।

पक्राउ परेका अग्रवाललाई अहिले काठमाडौं परिसरको हिरासतकक्षमा राखिएको छ । उच्च अदालत पाटनले उनीविरुद्ध पाँच दिनको म्याद थप गरेको छ । उनी मदिरा व्यापारी हुन् । उनको दरबारमार्गमा ग्रिनलाइन स्टोर छ । सोही स्टोरमार्फत उनले मदिराको कारोबार गर्दै आएका थिए । कारोबारका लागि उनले विभिन्न बैंक र वित्तीय संस्थाबाट ऋण लिएका थिए ।  कोरोना महामारीका कारण व्यापारमा घाटा लागेको भन्दै उनले बैंकको ऋण तिर्न सकेका छैनन् ।