एमाले सांसद भीम रावलले नेपालको आत्मनिर्णयको विषयमा विदेशी हस्तक्षेप भएको बताएका छन्। आइतबार प्रतिनिधिसभामा एमसिसी टेबुल भएपछि बैठकमा रावलले यस्तो बताएका हुन्।
एमसिसी संसदमा टेबुल भएकोप्रति विरोध जनाउँदै उनले संविधान मिचेर आपत्तिजनक कार्य गरिएको टिप्पणी गरे। ‘संसदमा राष्ट्रघाती सम्झौता कसरी टेबुल भयो ? नेपालको आत्मनिर्णयको विषयसँग सम्बन्धित विषयमा विदेशी हस्तक्षेप भयो। संविधान मिचिने आपत्तिजनक काम भयो,’ रावलले भने।