मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ८ आइतबार
  • Saturday, 15 March, 2025
नयाँ पत्रिका साओ पाओलो
२o७८ फाल्गुण ८ आइतबार १२:१६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ब्राजिलमा बाढीबाट १४६ जनाको मृत्यु, १९१ जना बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, साओ पाओलो
नयाँ पत्रिका
२o७८ फाल्गुण ८ आइतबार १२:१६:oo

ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या एक सय ४६ पुगेको छ। यहाँ गएको पाँच दिनदेखि वर्षा र त्यसका कारण बाढी–पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ। यहाँका स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडकहरू खोलामा परिणत भएका छन्। 

स्थानीय समयअनुसार शनिबार पाँचौँ दिन पनि वर्षा जारी छ। यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीहरूले जानकारी दिएका छन्। यहाँ भारी मात्रामा वर्षा भएको बताइएको छ। सबैभन्दा बढी क्षति पेटोपोलिस सहरमा भएको यहाँका उद्धारकर्मीहरूले जानकारी गराएका छन्।

शनिबारसम्म बाढीमा परेर कम्तीमा पनि एक सय ९१ जना हराइरहेका बताइएको छ। रियो डि जेनेरियोको उत्तरी क्षेत्रमा पनि बाढीले असर गरेको छ। यहाँ सन् १९३२ पछिको सबैभन्दा बढी वर्षा भएको छ। वर्षाका कारण यहाँ मानवीय तथा अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ। 

बाढी तथा डुबानका कारण करिब दर्जनौँ घर क्षतिग्रस्त भएका र सयौँलाई विद्यालयमा आश्रय दिइएको बताइएको छ। विशेषज्ञहरूको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ। यसअघि सन् २०११ को जनवरीमा भारी वर्षाका कारण यस क्षेत्रमा नाै सयभन्दा बढी मानिसको मृत्यु भएको थियो। जसले गर्दा पेट्रोपोलिस र छिमेकी सहरहरू नोभा फ्रिबर्गो र टेरेसोपोलिसलगायतका क्षेत्रमा बाढी र पहिरो गएको थियो।
 
यहाँका राष्ट्रपति जयर बोलोस्नारोले शुक्रबार सो बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए। उनले सो क्षेत्रमा निकै क्षति पुगेको बताउँदै आफूले आफ्नो जीवनमा बाढीको यस्तो वितण्डा कहिल्यै नदेखेको बताए। रासस/सिन्ह्वा