१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ६ शुक्रबार
  • Saturday, 29 June, 2024
२o७८ फाल्गुण ६ शुक्रबार o९:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

होलिल्यान्ड र  लिटल फ्लावर विजयी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ६ शुक्रबार o९:४o:oo

धनगढीमा जारी विद्यालयस्तरीय लिटल फ्लावर प्रिमियर लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा होलिल्यान्ड इंग्लिस स्कुल अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन् । पहिलो खेलमा होलिल्यान्डले शारदा सरस्वती स्कुल कञ्चनपुरलाई दुई विकेटले पराजित गर्‍यो । 

होलिल्यान्डले आठ विकेट गुमाएर १६.२ ओभरमा शारदाले दिएको ७५ रनको लक्ष्य भेट्टायो । होलिल्यान्डका लागि अभिषेक पालले सर्वाधिक २२ रन बनाए । यस्तै, सञ्जय बोहराले अविजित १० रन बनाए । शारदा सरस्वतीका बलर हेमन्त धामी, गणेश बिटालु र विकास सुनारले दुई–दुई विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको शारदाले १८.३ ओभरमा ७४ रनमा सम्पूर्ण विकेट गुमायो । शारदाका विकास सुनारले सर्वाधिक ११ रन तथा निरजतेज चन्द र मिलन बोहराले १०–१० रन बनाए । होलिल्यान्डका लागि बलर बोहराले सर्वाधिक तीन विकेट लिए । यस्तै, अविनारायण कोइराला, गजेन्द्र बोहरा र श्याम साउदले दुई–दुई विकेट लिए । 

दोस्रो खेलमा लिटल फ्लावरले स्टेपिङ स्टोन धनगढीलाई ७१ रनले पराजित गर्‍यो । लिटल फ्लावरले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा स्टेपिङ स्टोनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ९१ रन मात्र बनायो । स्टेपिङ स्टोनका आयुब चन्दले सर्वाधिक ३२ रन तथा विशाल विष्ट र भूपेश जोशीले १४–१४ रन बनए । लिटल फ्लावरका बलर अनुराग सिंहले दुई, प्रकाश जैसी, सुवास ऐर र नरेन भट्टले एक–एक विकेट लिए ।  

टस हारेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । लिटल फ्लावरको ब्याटिङमा ओपनर सुवास ऐरले सर्वाधिक ६७ रन बनाए । उनले आठ चौका र चार छक्का प्रहार गरे । यस्तै, अनुराग सिंहले १३ तथा अनिल थापा र पुस्कर बडुले १२–१२ रन बनाए । स्टेपिङ स्टोनका बलर वीरेन्द्र चन्द र आयुब चन्दले दुई–दुई तथा दिनेश ओडले एक विकेट लिए ।

ad
ad
ad
ad