१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ५ बिहीबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण ५ बिहीबार १९:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

‘राष्ट्र बैंकले बैंकहरूलाई ब्याजदर बढाउन कुनै निर्देशन दिएको छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण ५ बिहीबार १९:१४:oo

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा.गुणाकार भट्टले राष्ट्र बैंकले बैंकहरूलाई ब्याजदर बढाउन कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन्। बिहीबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता भट्टले पछिल्लो समय कर्जा तथा निक्षेपको ब्याजदर बढाउनको लागि निर्देशन  नदिएको बताएका हुन् ।

उनले तरलता व्यवस्थापन गर्नको लागि वित्तीय साधन व्यवस्थापन गर्न आफूअनकूल बैंकहरूले ब्याजदर निर्धारण गर्ने गरेको बताए। राष्ट्र बैंकले बैंकहरूलाई ब्याज निर्धारण गर्नको लागि स्वतन्त्र छाडेको प्रवक्ता डा. भट्टको भनाइ छ ।

उनले बैंकहरूमा तरलता माग बढी हुँदा कर्जाको माग बढ्दा वित्तीय व्यवस्थापनमा दबाब परेको बताए ।  बैंकहरूले बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा निक्षेपलाई प्रोत्साहन नगर्दा निक्षेपको ब्याजदर घट्ने गरेको उनले बताए । 

प्रवक्ता डा. भट्टले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा अहिले भएका नीतिगत व्यवस्थालाई पुनरावलोकन भएर आउने बताए । उनले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक व्यवस्थापन र आर्थिक स्थायीत्वमा जोड  दिएको बताए ।

प्रवक्ता डा.भट्टले पछिल्लो १८ महिनाको बीचमा १३ खर्ब कर्जा विस्तार भएकाले बजारमा तरलताको दबाब कायम रहेको बताए । उनले  चालू आर्थिक वर्षको सुरुवातदेखि कर्जा विस्तार र उच्च आयातका कारण तरलता समस्या भएको बताए । बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जा ४६ खर्बमा पछिल्लो डेढ वर्षमा मात्रै १३ खर्ब विस्तार भएकाले उनको भनाइ छ । 

ad
ad
ad
ad