सरकारले नेपाल वन निगमका सिइओ रामेश्वर भट्टराईलाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ठगी मुद्दामा कैद र जरिवाना सजाय पाएका भट्टराईलाई पूर्ववर्ती सरकारले सिइओमा नियुक्त गरेको थियो ।
निगमको नाममा काठमाडौं, हेटौँडा, वीरगन्ज र धनगढीको व्यापारिक भवन निर्माणको मास्टरप्लानको ठेक्का आफन्त र एकै कम्पनीका व्यक्तिलाई दिएपछि उनी विवादमा मुछिएका थिए ।