मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ३ मंगलबार
  • Thursday, 19 December, 2024
२o७८ फाल्गुण ३ मंगलबार १९:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२१ किलो चाँदीसहित २६ लाखबराबरको अवैध गरगहना बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ३ मंगलबार १९:५४:oo

जिल्ला प्रहरी कार्यालय दैलेखले २१ किलो चाँदीसहित २६ लाखबराबरको अवैध गरगहना बरामद गरेको छ । भे १ च ३२१३ नम्बरको डबल क्याप बलेरो गाडीमा सुर्खेतबाट दैलेखतर्फ उक्त अवैध गरगहना ल्याएको भन्ने सूचनाका आधारमा प्रहरीले  खोजतलास गर्दा अवैध गरगहना फेला परेको हो। 

सोमबार दिउँसो २ बजेको समयमा प्रहरी परिचालन गरी जिपको चेकजाँच गर्दा सामान भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए। चाँदीजस्तो देखिने वस्तुबाट बनेका विभिन्न गहनाहरू २१ किलो ७ सय २५ ग्रामको अन्दाजी रु २४ लाख ७६ हजार ६ सय ५० मूल्यबराबरको रहेको छ । पोते, पत्थरहरू, गहना राख्न प्रयोग हुने डिब्बाहरूलगायतका सामानहरू अन्दाजी १ लाख ६३ हजार ४ सय ८९ को रहेको अवैध सामान ओसारपसारमा प्रयोग गरिएको जिपको मूल्य अन्दाजी २९ लाख गरेर ५५ लाख ४० हजार १ सय ३९ रकमबराबर बरामद गरिएको शाहले बताए । 

अवैध गरगहना ल्याएका दुईजनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । सेल्समेनको काम गर्छु भनेर नाम बताउने साबिक कैलाली नारायणपुर गाविस वडा नं. ९ घर भई हाल दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नं. १७  बस्ने डम्बरप्रसाद ढुंगाना र चालक कैलाली टीकापुर नगरपालिका वडा नं. ९ घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ एरिचोक बस्ने वर्ष २६ को  दीपक पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले पक्राउ गरिएको अवैध गरगहना र गाडी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाएको छ।