१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २९ शनिबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २९ शनिबार १८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

ए डिभिजन लिग : सातदोबाटो र मच्छिन्द्र विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २९ शनिबार १८:२५:oo

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लब र मच्छिन्द्र क्लब विजयी भएका छन् । शनिबार विभागीय टोली नेपाल पुलिस क्लबलाई सातदोबाटो र तालिकाको शीर्ष स्थानमा रहेको मच्छिन्द्रले च्यासल युथ क्लबलाई हराएको हो ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिसलाई १–० ले पराजित गरेको हो। सातदोबाटो युथ क्लबलाई जित दिलाउन आकाश बुढामगरले १९औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । 

यससँगै सातदोबाटोले डेब्यु सिजनमै बलियो टोलीमध्येको पुलिसमाथि अर्को सफलता निकालेको छ। यसअघि सातदोबाटोले थ्री स्टार र मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै जारी लिगमा दह्रो उपस्थिति जनाएको थियो । 

यस जितसँगै सातदोबाटोले १० खेलमा १५ अंक जोडेको छ । सातदोबाटो पाँचौँ स्थानमा उक्लिएको छ । पुलिसले १० खेलमा १० अंक जोडेको छ। पुलिस १०औँ स्थानमा रहेको छ ।
लिगअन्तर्गत दशरथ रंगशालामा भएको अर्को खेलमा शीर्ष स्थानको मच्छिन्द्रले रेलिगेसन क्षेत्रको पुछारमा रहेको च्यासलमाथि २–० को जित निकाल्यो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्रको जितमा विमल घर्तीमगर र सुनील बलले गोल गरे। 

जितपछि शीर्ष स्थानको मच्छिन्द्रको १० खेलबाट २६ अंक भएको छ । समान १० खेलमा ५ अंक जोडेको च्यासल तालिकाको पुछारमा छ ।

ad
ad
ad
ad