मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २६ बुधबार
  • Thursday, 19 December, 2024
२o७८ माघ २६ बुधबार १o:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस कर्णाली प्रदेश सचेतकमा शाही 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २६ बुधबार १o:३८:oo

नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनीत गरेको छ । दलको विधान, २०७४ को दफा ११ (१) बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले शाहीलाई सचेतकमा मनोनीत गरेका हुन् । 

यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि शाहीलाई उक्त जिम्मेवारी दिइएको हो । कांग्रेस संसदीय दलको विधानमा दलका नेताको प्रत्यक्ष निर्देशन, समन्वय एवं परामर्शमा रहेर सचेतकले जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था छ ।