मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २३ आइतबार १९:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अपांगता केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण तथा ब्ल्यांकेट वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २३ आइतबार १९:०१:००

युथ फर नेसनले खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा निःशुल्क स्वास्थ्य शिविर तथा ब्ल्यांकेट वितरण गरेको छ। केन्द्रमा रहेका ८२ जना अपांगता भएका व्यक्तिको आइतबार स्वास्थ्य परीक्षणपछि ब्ल्यांकेट वितरण गरिएको हो । 

डाक्टर्स होमसँगको सहकार्यमा स्वास्थ्य परीक्षणपश्चात् औषधिसमेत निःशुल्क वितरण गरिएको युथ फर नेसनका अध्यक्ष निकोलस भुसालले जानकारी दिए । केन्द्रका ३० जनाले दन्त, १२ जनाले विभिन्न किसिमका घाउ र ५ जनाले कानको परीक्षण गराएका छन् । भुसालका अनुसार ३५ जनाको श्वासप्रश्वास तथा हाडजोर्नीसम्बन्धी रोगको परीक्षण गरिएको छ । 

स्वास्थ्य परीक्षणकै क्रममा अपांगता केन्द्रमा मनोसामाजिक परामर्शसमेत दिइएको थियो ।