१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २२ शनिबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
एजेन्सी
२o७८ माघ २२ शनिबार १७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

फ्रान्सका राष्ट्रपति र जर्मनीका चान्सलरले रसिया र युक्रेनको भ्रमण गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
एजेन्सी
२o७८ माघ २२ शनिबार १७:४१:oo

फ्रान्सका राष्ट्रपति र जर्मनीका चान्सलरले आगामी साता रसिया र युक्रेनको भ्रमण गर्ने भएका छन् । युक्रेनको सीमा क्षेत्रमा रसियाले एक लाख सेना तैनाथ गरेपछि उक्त क्षेत्रमा तनाव बढेपछि समस्या समाधानका लागि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर ओलाफ स्कोल्जले रसियाको राजधानी मस्को र युक्रेनको राजधानी किभको भ्रमण गर्न लागेका हुन् । 

फ्रान्सका राष्ट्रपति म्याक्रोनले आगामी सोमबार मस्को र मंगलबार किभ जाने कार्यक्रम रहेको बताइएको छ । त्यस्तै जर्मनीका चान्सलर ओलाफले फेब्रुअरी १४ मा किभ र १५ मा मस्कोको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

रसियाले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना रहेको भन्दै त्यसलाई रोकेर कूटनीतिक रूपमा समस्या समाधानका लागि उनीहरूले पहल गर्ने बताइएको छ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को एक मुख्य राष्ट्र फ्रान्सका राष्ट्रपति र रसियाका राष्ट्रपति पुटिनबीच पछिल्लो समय विभिन्न चरणमा वार्ता तथा सम्पर्क भए पनि समस्या समाधान हुने कुनै आधार तयार हुन सकेको छैन । सोमबार म्याक्रोन र पुटिनबीच ‘वान टु वान’ वार्ता हुने म्याक्रोनको कार्यलयले जनाएको छ । युक्रेनमाथि रसियाको सम्भावित आक्रमणको प्रतिरक्षाका लागि नेटोको सदस्य राष्ट्रका रूपमा फ्रान्सले आफ्नो सेनालाई रोमानियामा तैनाथ गरेको छ । जर्मनीले भने विवादको कूटनीतिक समाधान खोज्नका लागि कुनै कसुर बाँकी राख्न नहुने भन्दै युक्रेनमा आफ्नो सेना पठाउन अस्वीकार गर्दै आइरहेको छ । 

पछिल्लो समय रसिया र अमेरिकाबीच विभिन्न चरणमा भएको वार्ताले अर्थपूर्ण रूपमा समस्याको समाधान निकाल्न नसकेको अवस्थामा म्याक्रोन र ओलेफको भ्रमण फलदायी हुनेमा भने आशंका व्यक्त गरिएको छ । 

अमेरिकासहित युक्रेनका पश्चिमा मित्र राष्ट्रहरूले रसियाले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेको दाबी गरेका छन् । तर, रसियाले उक्त दाबीलाई गलत भएको बताउँदै आएको छ । 

ad
ad
ad
ad