१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १२ बुधबार १o:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मेटलाइफका ग्राहकलाई सयभन्दा बढी स्वास्थ्य संस्थामा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १o:२९:oo

मेटलाइफ नेपालले विशेष अभियानको घोषणा गरेको छ । यस अभियानअन्तर्गत सक्रिय ग्राहकलाई डिजिटल लाइफ कार्ड सेवा तुरुन्त उपलब्ध गराइनेछ ।कम्पनीका अनुसार यो अभियानमा योग्य हुन मेटलाइफका ग्राहकले आफ्नो कुनै पनि जीवन बिमा पोलिसीको ३१ असारअघि आफ्नो बिमाशुल्क तिर्नुपर्नेछ ।

उनीहरूले वान बाई मेटलाइफ एपमा दर्ता र लग इन गरेर भुक्तानी गरेको भोलिपल्टै डिजिटल लाइफ कार्ड प्राप्त गर्न सक्नेछन् । यो सुविधाद्वारा ग्राहकले तुरुन्तै आफ्नो स्वास्थ्य आवश्यकतालाई पूर्ति गर्न विभिन्न छुटको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ  । 

लाइफ कार्डले ग्राहकलाई अस्पताल, क्लिनिक, स्वास्थ्य संस्था र स्पासहित सयभन्दा बढी स्वास्थ्य र कल्याण केन्द्रहरूमा छुट दिनेछ । यो पहलले मेटलाइफ नेपालको परम्परागत बिमा कभरेजभन्दा बाहिर ग्राहकलाई सुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउने बताइएको छ ।