१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
२o८१ असार १२ बुधबार १o:१८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लिटमस र अवसर इक्विटी डाइभर्सिफाइडबीच लगानी सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १o:१८:oo

विद्युतीय तार, केबल तथा कन्डक्टरको अग्रणी उत्पादक लिटमस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फन्डबीच लगानीमा सहकार्य गर्ने साझेदारी भएको छ । क्षमता विस्तार गर्ने योजना रहेको लिटमसका लागि यो लगानी महतवपूर्ण हुने कम्पनीले जनाएको छ । 

अवसरसँगको सहकार्यले लिटमसको उत्पादन क्षमता वृद्धि हुनुका साथै कम्पनीको सञ्चालनलाई व्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ । यसका साथै उक्त लगानीले कम्पनीलाई, नवप्रवर्तन र उत्कृष्टताप्रतिको प्रतिबद्धता कायम राख्दै, ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउनेछ ।

लिटमसका प्रबन्ध निर्देशक रोहित गुप्ताले भने, ‘हाम्रो दूरदृष्टि र क्षमतामाथि अवसर इक्विटीको विश्वास हाम्रो समूह र कम्पनीको कडा परिश्रम र समर्पणको नतिजा हो । यो साझेदारीले हामीलाई हाम्रो सञ्चालन विस्तार गर्न, द्रुुत गतिमा अत्याधुनिकीकरण गर्न र ग्राहकलाई गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न सक्षम बनाउनेछ ।’