मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २२ शनिबार
  • Thursday, 19 December, 2024
रासस
२o७८ माघ २२ शनिबार १५:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धनुष आकारको सहिद गेट निर्माण अन्तिम चरणमा

Read Time : > 1 मिनेट
रासस
नयाँ पत्रिका
२o७८ माघ २२ शनिबार १५:५o:oo

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सञ्चालित योजनाहरू निर्धारित समयमै सम्पन्न हुन थालेका छन्। जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण उपमहानगरपालिकाद्वारा सञ्चालित सडक, पुल र सहिद गेटलगायतका भौतिक पूर्वाधार निर्माण योजना समयमै सम्पन्न हुन थालेका हुन्।

उपमहानगरपालिकाको योजनामध्ये महत्त्वपूर्ण योजना मानिएको धनुष आकारको सहिद गेट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। मधेस प्रदेशको जनकपुरधाम प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेस सहिद गेटको करिब ९० प्रतिशत काम सम्पन्न भएको उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर वीरेन्द्रकुमार यादवले बताए। 

ढल्केवर–जनकपुर ६ लेन सडकको मुजेलियामा निर्माणाधीन मधेस सहीद गेटमा रंग लगाउने, भगवान् राम र सहिदको प्रतिमा स्थापनाको कामबाहेक सम्पूर्ण कार्य सकिएको उनले बताए। जनकपुरधाम उपमहानगरपालिकाको करिब चार करोड रुपैयाँको लागतमा निर्माण भइरहेको सहिद गेट केही दिनभित्रै सम्पन्न हुने वरिष्ठ इन्जिनियर यादवको भनाइ छ। धार्मिक पर्यटकीय नगरीका रूपमा परिचिति मधेस प्रदेशको राजधानी जनकपुरधाममा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धार्मिक, राजनीतिक र सांस्कृतिक पहिचान झल्किने गरी उपमहानगरपालिकाले धनुष आकारको सहिद गेट निर्माण गर्न लागेको छ। 

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहले कार्यपालिकाको पहिलो बैठकबाट मधेस आन्दोलनका सहिदको सम्मानमा नगरको प्रवेशद्वारमा धनुष आकारको सहिद गेट निर्माण गर्ने निर्णय गरेका थिए। त्यही निर्णयका आधारमा २०७७ असार २० गते नगरप्रमुख साहले सो सहिद गेटको शिलान्यास गरेका थिए। जनकपुरधाम उपमहानगरपालिकासँग सम्झौता गरी २०७७ असार २० गतेबाट काम सुरु गरेको निर्माण कम्पनीले २०७८ पुस मसान्तसम्ममा गेट निर्माण गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो। त्यही सम्झौताअनुसार नै काम सम्पन्न गर्ने योजनाअनुरूप कामलाई तीव्रता दिएको निर्माण कम्पनी गौरी पार्वती स्याब जेभीका साइड इन्जिनियर अमरकुमार साहले जानकारी दिए।

ठेक्का अवधिभन्दा अगाडि नै गेटिको निर्माण कार्य सम्पन्न गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाए पनि कोभिड– १९ संक्रणका कारण केही ढिलाइ भएको इन्जिनियर साहले बताए। ‘‘गेटको काम करिब–करिब सकिएको छ”, उनले भने, ‘‘अब गेटको माथिल्लो भागमा १४ फिटको भगवान् रामको प्रतिमा र तीनवटा पिलरमाथि सहिदहरूको प्रतिमा राख्न मात्र बाँकी छ।” त्यो पनि केही दिनभित्रै सम्पन्न गरिने उनको भनाइ छ। रासस