मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २२ शनिबार
  • Tuesday, 17 December, 2024
२o७८ माघ २२ शनिबार १४:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किसानलाई मल पाउनै मुस्किल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २२ शनिबार १४:o९:oo

चितवनको भरतपुर– १३ का किसानहरुलाई  रासायनिक मल वितरण सहज होस् भन्ने उद्देश्यले गत वर्ष पाखुरीचोक कृषि सहकारी संस्था स्थापना गरियो । तर, सहकारी नयाँ स्थापना भए पनि मल पाउनका लागि किसान घन्टाैँ लाइनमा बस्नुपर्ने भएकाले सास्ती पाइरहेका छन् । भरतपुर–१३ का किसानहरूका लागि शनिबार ६० बोरा युरीया मल वितरण गर्ने क्रममा मल लिनका लाग तीन सयभन्दा बढी किसान लाइनमा लागेका छन् । 

महानगरले दर्ताको दुई वर्ष नपुगेसम्म मल वितरणका लागि सिफारिस दिन नमिल्ने बताएपछि छिमेकी सहकारीको नामबाट ल्याएको मल वितरण सहकारीले वितरण गर्दै छ । साढे तीन सय सेयर सदस्य रहेको यो सहकारीले यसरी चौथोपटक मल वितरण गरेको हो । सहकारीका कोषाध्यक्ष प्रेमविनोद तिवारीका अनुसार नागरिकता हेरेर सहकारीमा सेयर सदस्य भएका  किसानलाई १० केजीको दरले मत  वितरण गरिएको छ ।

भरतपुर महानगरपालिका–१३ धान, गहुँ, राज्मा र तोरी खेतीका लागि प्रख्यात छ । तर, उचित समयमा किसानले मल पाउन नसक्दा उत्पादनमा ह्रास आउने गएको छ । पैसा तिर्दा पनि मल नपाउँदा किसान आक्रोशित बनेका छन् । उनीहरूले जुनसुकै सरकार आए पनि किसानका लागि सहज नभएको भन्दै आक्रोशित बनेका हुन् ।