१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २२ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २२ शनिबार o८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

१८ करोड २७ लाख राजस्व छलीको आरोपमा चारजनाविरुद्ध मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २२ शनिबार o८:५५:oo

राजस्व अनुसन्धान विभागले १८ करोड २७ लाख बिगोबराबरको राजस्व छली गरेको आरोपमा चारजनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । काठमाडौंको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिस्ट्रिब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौं महानगरपालिका– १० बस्ने स्टार इन्डिया प्रालि भारतका आधिकारिक बिक्रेता जुपिटर मिडियाका सञ्चालक अञ्जली अरोरा, ब्रिङ मिडियाका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्रीविरुद्ध मुद्दा चलाइएको हो ।

सो कम्पनीले विभिन्न फर्म/कम्पनीबाट वस्तु तथा सेवाबेगरको कर बिजक मात्र लिई, सम्झौताअनुसारको आय लुकाई राजस्व छली गरेको विभागले जनाएको छ । कम्पनीको नाममा खोलिएका बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी नपाउने खर्चसमेत दाबी गरेको पाइएको छ ।

यस्तै, मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दाबी र आयकरतर्फ खर्च दाबी गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागको अनुसन्धानमा खुलेको जनाइएको छ । विभागले बिगो असुलउपर गरी शतप्रतिशत जरिवाना तथा कैद सजायको माग गरेको छ ।

ad
ad
ad
ad