१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १७ सोमबार १८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बिआरआईबारे कांग्रेसको निष्कर्ष– अनुदान नै कार्यान्वयन नभइरहेका वेला ऋण लिन सकिँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १८:३७:oo

नेपाली कांग्रेसले ऋण लिएर बिआरआई परियोजना अघि बढाउन नसकिने निष्कर्ष निकालेको छ।

सोमबार बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारीहरूको बैठकको निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अनुदान लिन सकारात्मक भए पनि ऋण लिने अवस्था नरहेको बताए।

पछिल्लो समय नेपालको ऋण बढिरहेको तथा अनुदान सहयोगसमेत कार्यान्वयन नहुने अवस्था रहेकाले थप ऋण लिन नसकिने महतले प्रस्ट पारे।

‘बिआरआईको कार्यान्वयनका सन्दर्भमा हाम्रो धेरै ठूलो ऋणको बोझ भइसक्यो। त्यसकारण ऋणको आकारलाई धेरै बढाउँदै लैजानुहुँदैन। त्यसमाथि पनि धेरै अनुदान सहयोग पनि कार्यान्वयन नभएको अवस्थामा अनुदान लिने गरेर मात्रै यसलाई अघि बढाउनुपर्छ। अहिले ऋण लिने अवस्था छैन,’ महतले भने, ‘बहुपक्षीय, एडिबी, वर्ल्ड ब्यांकबाट प्राप्त लामो समयमा तिर्ने सहुलियत ऋणसमेत उपयोग गर्न नसकेको अवस्थामा थप ऋण लिएर विकास निर्माणको काम अघि बढाउन सकिन्न।’

ad
ad
ad
ad