मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
२o८१ पौष ८ सोमबार २२:११:oo
Read Time : < 1 मिनेट
समाचार

भारतीय फिल्म निर्देशक श्याम बेनेगलको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार २२:११:oo

भारतका चर्चित फिल्म निर्देशक, पटकथा लेखक तथा निर्माता श्याम बेनेगलको ९० वर्षको उमेरमा सोमबार मुम्बईमा निधन भएको छ। मुम्बईको सेट्रल के वोकहार्ट अस्पतालमा साँझ ६ बजेर ३८ मिनेट जाँदा उनको निधन भएको हो। 

मंगलबार उनको अन्तिम संस्कार हुनेछ। दुई वर्षअघि उनका दुईवटै किड्नी खराब भएका थिए। यसपछि उनले डाइलाइसिस उपचार गराइरहेका थिए। उनले ८ पटक भारतको नेसनल अवार्ड जितिसकेका छन्। 

श्यामले २४ वटा फिल्म, ४५ वटा डकुमेन्ट्री र १५ वटा विज्ञापन बनाएका थिए। जुबैदा, द मेकिङ अफ महात्मा, नेताजी सुभाष चन्द्र बोस: द फरगटन हिरो, मन्डी, आरोहनलगायत फिल्म उनले निर्देशन गरे। त्यस्तै, उनले जवाहरलाल नेहरू र सत्यजित रेबारे डकुमेन्ट्री बनाएका थिए। दूरदर्शनका लागि उनले धारावायिक ‘यात्रा’ , ‘कथा सागर’ र ‘भारत एक खोज’ निर्देशन गरेका थिए।