१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मानदत्त रावल मानदत्त रावल
२०७८ माघ २१ शुक्रबार १४:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लगातारको हिमपातले जुम्लामा नेसनल ग्रिड अवरुद्ध 

Read Time : < 1 मिनेट
मानदत्त रावल, मानदत्त रावल
२०७८ माघ २१ शुक्रबार १४:३४:००

बिहीबार बेलुकादेखि परेको हिमपातले जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन अवरुद्ध भएको छ । हिमपातले ठाउँठाउँमा पोल र तारमा क्षति पुगेपछि राष्ट्रिय विद्युत् प्रसारण लाइन अवरुद्ध भएको हो । 

जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेपछि बिजुली बाल्ने ग्राहक थपिएका छन् । विद्युत् अवरुद्ध भएपछि झन्डै तीन हजार पाँच सय ग्राहक प्रभावित भएका छन् । विद्युत् अवरुद्ध हुँदा नागरिकले मोबाइलसमेत चार्ज गर्न नपाउदा एक–आपसमा खबर आदान–प्रदानमा समस्या भएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए । 

नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार लगातारको हिमपातले विद्युत् पोल र तारमा क्षति पुगेको हुदा विद्युत् सेवा अवरुद्ध भएको छ । उनले भने, ‘कहाँ कति क्षति भएको त्यसको यकिन हुन सकेको छैन ।’ हिमपातकै कारण सडक अवरुद्ध भएकाले कर्मचारी पनि खटाउन नसकिएको उनले बताए । ‘हिमपातले क्षति पुगेको क्षेत्रका विषयमा विद्युत् प्राधिकरणलाई जानकारी पनि गराइदिन आग्रह गरिएको छ,’ उनले भने । 

विद्युत् अवरुद्ध भएको क्षति यकिन गरी मर्मत गरेर पुनः सञ्चालनमा आउन समय लाग्ने भएको छ । अझै हिमपात भइरहेकोले मौसम खुलेपछि मात्रै क्षति यकिन र मर्मत कार्य हुने उनले बताए ।