१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २१ शुक्रबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २१ शुक्रबार o९:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्सेको सिइओमा कार्की नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २१ शुक्रबार o९:३४:oo

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेको प्रमुखका रूपमा कार्कीलाई चार वर्षका लागि नियुक्ति गरेको हो । 

यसअघि नेपाल सरकारका उपसचिवबाट अवकाश पाएका कार्की पछिल्लो समय बुढीगण्डकी जलविद्युत् आयोजनाका संयोजक थिए । ‘कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) देखि बजारका विविध पक्षमा सुधार गर्नुपर्नेछ, त्यहीमा ध्यान दिनेछु,’ कार्कीले भने । 

यसअघिका प्रमुख चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएसँगै राजीनामा दिएका थिए । साउदले व्यक्तिगत लगानी कम्पनीमार्फत प्रत्यक्ष रूपमा र अन्य कम्पनीमार्फत समेत सेयर बजारमा लगानी गरेको समाचार नयाँ पत्रिकाले प्रकाशित गरेको थियो । मन्त्रिपरिषद्मा कार्कीसँगै डा. केशवप्रसाद श्रेष्ठ र रमेश भण्डारीको नाम सिफारिस भएको थियो । 

ad
ad
ad
ad