दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीनजनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पैसा डबल हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीनजनालाई प्रक्राउ गरिएको हो । ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीनजनालाई पक्राउ गरिएको हो । तीनैजना होटेल सञ्चालक भए पनि उनीहरूको नाम भने गोप्य राखिएको छ ।
उनीहरूले दुई महिनामा पैसा डबल हुने भन्दै प्रतिव्यक्ति १५ देखि १८ हजारसम्म हाइफर, साफिरलगायतमा लगानी गर्न भन्दै अनलाइन नेटिवर्किङबाट अवैध कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।