१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १९ बुधबार १८:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

युवा संघको कार्यक्रममा रिजालले भने– एमालेले संसद् अवरोध गरिरहनु बेठीक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १९ बुधबार १८:५१:००

कांग्रेस नेता मीनेन्द्र रिजालले एमालेले निरन्तर संसद् अवरोध गरिरहनु बेठीक भएको बताएका छन् । सभामुखको भूमिका चित्त नबुझेमा हटाउने कानुनी व्यवस्था संविधानले दिए पनि एमालेले त्यसो गर्न नसकेको उनको भनाइ छ। 

युवा संघले बुधबार राजधानीमा आयोजना गरेको बहसमा रिजालले संसद्को गतिरोध अन्त्य गरेर निकास दिनुपर्नेमा जोड दिए । उनले भने, ‘तपाईंहरूले संसद् बन्द गरेर संविधानलाई तागत दिइरहनुभएको छैन । तपाईंहरूलाई सभामुखको भूमिका चित्त बुझेन भने सभामुख बेठीक छन्, यिनलाई हटाइ पाऊँ भनी लेख्ने त व्यवस्था छ नि संविधानले दिएको । त्यो व्यवस्थामा जानु भए हुन्थ्यो नि त । जानुभएन अहिलेसम्म । त्यो व्यवस्थामा तपाईंहरूसँग मत नपुग्ला तर लोकतन्त्र भनेको जित, हार दुईवटै हुन्छ नि त । जित्दा मात्र मान्छु हार्दा मान्दिनँ भन्न पाइँदैन नि त । निकास खोज्नुपर्ला नि त ।’

रिजालले वर्तमान सत्तागठबन्धनसँग जीवनभर मिलेर चुनाव लड्छौँ भनेर कागजपत्र नगरेको पनि बताए । उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान ट्रयाकबाहिर गएको भन्दै संविधानलाई ट्रयाकमा ल्याउनका लागि मात्रै गठबन्धन गरिएको बताए ।