Skip This
ad
नेपालमा जन्मिनेले नेपाली नागरिकता पाउनुपर्छ : डा रिजाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार १९:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा जन्मिनेले नेपाली नागरिकता पाउनुपर्छ : डा रिजाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १९:१८:oo

नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनुपर्ने धारणा राखेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेययकसम्बन्धी छलफलमा बोल्दै सांसद रिजालले एउटा अनुहारका मानिसले सहजै नागरिकता पाउने र अर्काे अनुहारका मानिसहरूलाई मधेसी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नति नहुने बताए । 

‘नेपालको नागरिकले नेपालको प्रमाणपत्र पाउन सक्ने दिन बन्न सकेन । नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ संविधानले लेखेको छ । तर नागरिकता प्राप्त भएको छैन । महोत्तरीका अर्जन शाहले नागरिकता पाएनन् । सुनसरीका विजय शाहले पाएनन्,’ सांसद रिजालले भने, ‘एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने एउटा अनुहारका मानिसहरूलाई मदेसी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट कहिल्यै पनि देशको उन्नति हुँदैन ।’ 

सांसद रिजालले नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ भनेर संविधानले लेखेको भए पनि अहिलेसम्म सबै नेपाली नागरिकले नागरिकता प्राप्त गर्न नसकेको बताए । साढे पाँच वर्षदेखि नागरिकता ऐन आउला र नागरिकता पाउँला भनेर मानिसहरू पर्खिएर बसेको उनको भनाइ थियो । 

सांसद रिजालले नेपाली नागरिकलाई नागरिकता लिनबाट वन्चित हुनुपर्ने अवस्थाको अब अन्त्य गर्नुपर्ने बताए । 

ad
ad