१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार o९:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पाँच कट्ठा जग्गाका लागि आफ्नै छोराले गरे ९० वर्षीया आमाको हत्या 

हत्यापछि सुटुक्क जंगल लगेर जलाए 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:२o:oo

सम्पत्ति हत्याउन मोरङमा आफ्नै छोराले ९० वर्षीया वृद्धा आमाको हत्या गरेर सुटुक्क जंगलमा जलाएको खुलेको छ । पथरी शनिश्चरे नगरपालिका– २ जयचाेकका ४८ वर्षीय कमल श्रेष्ठले आमाको नाममा रहेको जग्गा हत्याउन आफ्नी  ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेर सुटुक्क जंगलमा लगेर जलाएको खुलेको हो । वृद्ध आमाको हत्या आरोपमा प्रहरीले छोरा कमललाई १७ माघमा पक्राउ गरेर कर्तव्य ज्यान कसुरमा अदालतमा म्याद थप गराइसकेको छ । 

मोरङ प्रहरी प्रवक्ता  डिएसपी दीपक श्रेष्ठका अनुसार तीन छोरामध्ये कान्छा छोरासँग बस्दै आएकी आमा जगमाया १२ माघदेखि अचानक हराएकी थिइन् । परिवारले सुरुमा  कोही आफन्तकोमा गएको ठाने पनि धेरै दिन नआउँदा गाउँभरि हुलिया गरेर खोजी गर्न थालेका थिए । वृद्धा हराएको केही दिनपछि गाउँलेले गाउँसँगै रहेको जंगलको चिहानघारीमा मान्छे जलाएको आलो नलीखुट्टासहितको हाडहरू देखेपछि घरबाट हराएकी वृद्धा जगमाया नै हुनुपर्छ भन्ने शंका गरेर  प्रहरीलाई खबर गरेका थिए  ।

प्रहरीले हत्यापछि वृद्धालाई जलाएको भन्ने सूचनाको आधारमा सूक्ष्म अनुसन्धान गर्दा उनकै छोराले हत्या गरको पृष्टि भएको थियो । प्रहरीका अनुसार  १७ माघमा पक्राउ परेका छोरा कमलले आफ्नै आमाको हत्या गरेको स्वीकार गरिसकेका छन् ।  पक्राउ परेका श्रेष्ठले प्रहरीलाई बताएअनुसार  बुबाको नाममा रहेको १५ कट्ठा नाै धुर जग्गा आमा र  दुईजना दाजुहरूलाई  थाहा नदिई आफ्नो श्रीमतीको नाममा बनाएका थिए । सोही विषयमा श्रेष्ठ परिवारमा झैझगडा भइरहने गर्दथ्यो ।

सुटुक्क आमाको नाममा रहेको  जग्गा भाइले एकलौटी आफ्नो नाममा हडपेको थाहा पाएपछि  आमा र दाजुहरूले  अदालतमा अंश मुद्दा पनि दर्ता गराएका थिए ।   अदालतले उक्त जग्गामध्ये पाँच कट्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको थियो । सोही रिसको आवेगमा कान्छा छोरा कमलले वृद्ध आमाको हत्या गरेर सुटुक्क चिहानघारीमा लगेर जलाएका थिए ।   
 

ad
ad