१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार ११:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भारतको फर्च्युन होटेल नेपाल भित्रियो, साँगाबाट सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:१७:oo

भारतको चर्चित आइटिसी ग्रुप अफ होटेल्सअन्तर्गतको फर्च्युन होटेल भक्तपुरको साँगामा खुलेको छ । मंगलबार औपचारिक रूपमा उद्घाटन गर्दै होटेल सञ्चालनमा आएको हो । यससँगै होटेलले नेपालमा आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको जनाएको छ । 

उद्घाटन समारोहमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले होटेल, रिसोर्ट निर्माणले पर्यटकीय गन्तव्य बढाउने र पर्यटन ‘हब’का रूपमा विकास हुँदा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने बताए । नेपालले लगानीको क्षेत्रलाई विशेष प्राथमिकता राखेको हुँदा लगानी गर्न सरकारले प्रोत्साहन गर्ने उनको भनाइ छ ।

त्यस्तै, होटेलका प्रबन्धक निर्देशक समीर एमसीले नेपालमा पहिलोपटक डेब्यु गरेर एउटा शाखाका रूपमा मात्र विस्तार गरेको बताए । उनले भने, ‘नयाँ आर्थिक वर्षको सुरुवातमै भारतबाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको सुरुवात भएको छ । यो हाम्रा लागि चुनौती र अवसर हो ।’

नेपालको प्राकृतिक सम्पदा, प्राकृतिक सौन्दर्यताजस्ता विविध कुरालाई मूल्यांकन गर्दै, नेपालको उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकको पहिलो रोजाइमा पर्ने हुँदा त्यसलाई नै केन्द्रित गरेर होटेल सञ्चालनमा ल्याइएको उनको भनाइ छ । 

त्यस्तै, हिलटेक हेल्थ होम्स प्रालिका अध्यक्ष कमल जैनले भक्तपुरजस्तो सांस्कृतिक रूपमा भरिपूर्ण ठाउँमा पहिलो रिसोर्ट खोल्नु आफैँमा सुखद संयोग भएको बताए । यसले नेपालमा आउने पर्यटकको वेल–विइङ र स्पा अनुभवलाई अझै सुदृढ गर्ने बताए ।

ad
ad