१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्थानीय संस्कृति बुझ्न होमस्टे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:४९:oo

होमस्टेको वास नेपालको संस्कृति र सभ्यतालाई पनि नजिकबाट अनुभव गर्न पाइने अवसर हो । यहाँ बस्दा पर्यटकले परिवारको सदस्यजस्तै भएर समय व्यतित गर्न पाउँछन्, स्थानीय संस्कृतिबारे धेरैभन्दा धेरै जानकारी हासिल गर्ने अवसर मिल्छ । 

त्यहीकारण, पछिल्लो समय होमस्टेमा बस्न चाहने आन्तरिक तथा विदेशी पर्यटकको संख्या बढ्दो छ । 

कुनै रिसोर्ट वा होटेलमा बस्दा पर्यटकले मेनुअनुसार मूल्य तिर्नुपर्छ र आफ्नो बजेटलाई पनि ध्यानमा राख्नुपर्छ । यसको मतलब होमस्टेमा तपाईंले चाहेको खानेकुरा पाउनुहुन्छ भन्ने होइन । तर, त्यहाँ उपलब्ध अर्गानिक खानाको नौलो स्वाद लिन पाइन्छ । तपाईं थकाली समुदायका व्यक्तिको घरमा बस्दा थकाली भोजन वा गुरुङ समुदायका व्यक्तिले सञ्चालन गरेको होमस्टेमा बस्दा गुरुङ संस्कृतिअनुसारको खानपान गर्न पाइन्छ । उनीहरूको भाषाबारे पनि धेरैभन्दा धेरै जानकारी लिन पाइन्छ । 

ठूला होटेलमा गाइड हुन्छन् । उनीहरूले तपाईंलाई त्यहीँ मात्रै घुमाउँछन्, जुन कुरा प्याकेजमा उल्लेख छ । वा उनीहरूले पनि त्यही कुरामा मात्रै जानकारी लिएका हुन्छन्, जसका लागि होटेल सञ्चालकले उनीहरूलाई पैसा तिरेका हुन्छन् । तर, होमस्टे सञ्चालकसँग तपाईंले आफूलाई मन परेको स्थानीय लोकेसनबारे सबै जानकारी लिन सक्नुहुन्छ ।

किनकि, होमस्टे सञ्चालक आफैँ स्थानीय हुन्छन् । उनीहरूसँग त्यस ठाउँबारे धेरैभन्दा धेरै जानकारी हुन्छ । पर्यटकलाई थाहा नभएका आसपासका अन्य गन्तव्यहरूका विषयमा पनि उनीहरूले जानकारी दिनेछन् । उनीहरूसँग पर्याप्त जानकारी लिएपछि कुनै सहयोगी लिएर वा एक्लै पनि तपाईं आफूलाई मन परेका ठाउँ घुम्न सक्नुहुन्छ । प्रकृतिसँग रमाउन सकिन्छ ।

ad
ad