Read Time : < 1 मिनेट
२o८१ जेठ ४ शुक्रबार १o:४१:oo
पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका– ३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना.२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका– ४ का सुमन गदालको घरमा ठोक्किएको थियो । उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।