१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १८ मंगलबार
  • Tuesday, 25 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ १८ मंगलबार o७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमसिसीका विषयमा गठबन्धनका दल र नेताहरूबीच फरक–फरक धारणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ १८ मंगलबार o७:५२:oo

गठबन्धनको भविष्यमाथि नै प्रश्न

एमसिसीका विषयमा गठबन्धनका दल र नेताहरूबीच पनि फरक–फरक धारणा छन् । पाँचदलीय गठबन्धनका दुईवटा दल कांग्रेस र जनता समाजवादी पार्टी एमसिसीको पक्षमा छन् । माओवादी र एकीकृत समाजवादी परिमार्जन गर्नुपर्ने पक्षमा छन् भने राष्ट्रिय जनमोर्चा संसद् बाहिरका दलहरूसँग मिलेर सडक आन्दोलनमा छ । यस्तो अवस्थामा गठबन्धनको भविष्यमाथि नै प्रश्नसमेत उठ्ने गरेको छ । 

तर, कांग्रेस नेता एनपी साउद आफ्नो पार्टीले राष्ट्रिय सहमतिसहित अघि बढ्ने भनेकाले यसकै कारण गठबन्धनमा असर पुग्ने देख्दैनन् । ‘हामीले राष्ट्रिय सहमति गरेर संसद्मा लैजाउँ भनेका छौँ । माओवादी केन्द्र र एकीकृत समाजवादीले परिमार्जन गरेर मात्रै संसद्मा लानुपर्छ भनिरहनुभएको छ । यस्तो अवस्थामा हामी त अझै प्रतिपक्षीलगायत सबैको सहमतिसहित अघि बढ्नुपर्छ भन्नेमा छौँ,’ कांग्रेस नेता साउदले भने, ‘जब हामी राष्ट्रिय सहमतिसहित अघि बढौँ भनिरहेका छौँ भने यसले गठबन्धनमा असर पर्छ भन्ने हुँदैन ।’ उनले यो कसैले कसैलाई दबाब दिने भन्ने विषय नै नभएको बताए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीले एमसिसी संसदमा टेबल नभए गठबन्धन तोड्ने भनेर अफवाह फैलाइएको बताए । 

जनता समाजवादी पार्टी पनि एमसिसी टेबल गर्नुपर्छ भनेर नभन्ने, तर संसदमा आए पारित गर्न सघाउने पक्षमा छ । ‘यसलाई धेरै लम्ब्याउनेभन्दा पनि पारित गरेर मुलुकको विकासका लागि काम गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ । तर, संसदमा दर्ता गर्नैपर्छ भनेर हामी भन्दैनौँ,’ पार्टी प्रचार विभाग प्रमुख तथा प्रवक्ता डम्बर खतिवडाले भने । जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत अरू नेताहरू पनि यसको पक्षमा खुलेरै सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।

ad
ad
ad
ad