१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ११ मंगलबार ११:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन लाइफको ‘सिटिजन बचत वृद्धि’ योजना सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार ११:२२:oo

सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन बचत वृद्धि योजना ल्याएको छ । यो योजना युनिभर्सल जीवन बिमा योजना रहेको र यसले भविष्यका लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्ने बताइको छ । यसअघिको बिमा योजनामा उमेरका आधारमा बिमाशुल्क फरक भए पनि यस नयाँ योजनामा बिमाशुल्क फरक नहुने कम्पनीले जनाएको छ । यस योजनामा लोयल्टी रिवार्डसमेत समावेश गरिएको छ ।

यस योजनामा न्यूनतम उमेर १८ वर्ष र अधिकतम ५५ हुनेछ । साथै, योजनाको म्याचुरिटी ७० वर्षसम्ममा हुने कम्पनीको भनाइ छ । यस योजनमा न्यूनतम वार्षिक बिमाशुल्क १२ हजार रुपैयाँ रहेको छ र न्यूनतम बिमा अवधि १० वर्ष रहेको छ । बिमितले बिमाशुल्क एकल, वार्षिक, अर्धवार्षिक र त्रैमासिक रूपमा बुझाउन पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ । 
कम्पनीका अनुसार दुर्घटनाबाट मृत्युलाभ, स्थायी पूर्ण अशक्तता  लाभ, स्थायी आंशिक अशक्तता लाभजस्ता थप सुविधा पनि यसै योजनाभित्र समावेश गरिएको छ । 

कम्पनीले सामान्य जनतामाझ बचतको भावनालाई प्रेरित गर्न र आमजनतालाई बिमामैत्री बनाउन यो योजना ल्याएको बताएको छ ।