१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ११ मंगलबार १o:४१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिवको व्यवस्थापन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार १o:४१:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित भएका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई सरकारले राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा मुख्यसचिवसरहको नयाँ दरबन्दी सिर्जना गरेर अर्याललाई सरुवा गरेको हो । यससँगै नयाँ मुख्यसचिव नियुक्ति गर्ने बाटो खुला भएको छ । 

मुख्यसचिव नहुँदाको अवस्थामा तत्कालका लागि काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठतम् सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको छ ।