१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १७ सोमबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ १७ सोमबार १४:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मदिराको अवैध कारोबारमा समातिएका बख्रेलको कोठामा भेटियो सुर्तीजन्य र कस्मेटिक सामान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ १७ सोमबार १४:४३:oo

विदेशी ब्रान्डका मदिराहरू राजस्व छली नेपालमा बिक्री–वितरण गरेको कसुरमा पक्राउ परेका सन्तोषचन्द्र बख्रेलले ठूलो परिमाणमा सुर्तीजन्य पदार्थको पनि बिक्री–वितरण गर्दै आएको खुलेको छ। अनुसन्धानको सिलसिलामा प्रहरीले बख्रेलले सुर्तीजन्य र कस्मेटिकका सामानहरू पनि राजस्व छलेर बिक्री–वितरण गर्दै आएको पाइएको हो । 

आइतबार महानगरीय अपराध महाशाखाको विशेष टोलिले बख्रेलले भन्सार छली ल्याएको सुर्तीजन्य पदार्थहरू तथा सोको खाली प्याकेटहरू बरामद गरेको छ। त्यस्तै, विभिन्न कस्मेटिकका सामानहरू (स्याम्पु, साबुन, क्रिम) तथा विदेशी ब्रान्डका विभिन्न चुरोटहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ। ब्रखेलले नयाँबजार खुसिबुस्थित घर भाडामा लिएर सुर्तीजन्य र कस्मेटिक सामानहरू ठूलो परिमाणमा भण्डारण गरी राखेका थिए। 

प्रहरीले बख्रेलको कोठाबाट सुर्तीको धुलो रहेको सय थान बोरा, सुपरपावर सुर्तीको खोल रहेको २९ थान बोरा, स्याम्पु, साबुनसहितको ९७ थान बोरा, विदेशी ब्रान्डका  ६ सय ४० बन्डल चुरोट, ३० पिस लेडिज कुर्तालगायत सामान बरामद गरेको छ। प्रहरीका अनुसार थप अनुसन्धानका लागि बख्रेललाई राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ।

ad
ad
ad
ad